कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'तानाजी' ले संसारभरबाट कमायो तीन सय करोड

एजेन्सी

काठमाडौँ — बलिउड सुपरस्टार अजय देवगनको फिल्म 'तानाजी' ले संसारभरबाट तीन सय करोडको व्यापार गरेको छ । दीपिका पादुकोणको फिल्म 'छपाक' र रजनीकान्तको 'दरबार' सँग एकै दिन रिलिज भएको यो फिल्मले व्यापारमा विश्लेषकहरुले सोचेभन्दा तीव्र गति समाएको छ । 

'तानाजी' ले संसारभरबाट कमायो तीन सय करोड

तेस्रो हप्तामा पनि भारतमा फिल्मले राम्रो व्यापार गरिरहेको छ । यसले भारतमात्रै झन्डै २ सय ३० करोड नेट कारोबार गरेको छ । यसको ग्रस कलेक्सन २ सय ७० करोड छ । भारतबाहिरबाट फिल्मले झन्डै ३२ करोड कमाएको छ । तीन सय करोडभन्दा बढीको कारोबार गर्ने यो ३२ औं बलिउड फिल्म हो ।

यो हप्ता 'स्ट्रीट डान्सर' र 'पंगा' दुई नयाँ फिल्म रिलज भए पनि यिनले तानजीलाई खासै धक्का दिएका छैनन् । महाराष्ट्र तथा उत्तर प्रदेशजस्ता धेरै जनसंख्या भएका राज्यमा कर छुट पाएको फिल्मले तेस्रो हप्ताको सोमबार ४ करोडको व्यापार गर्‍यो । यसले शाहरुख खानको 'चेन्नइ एक्सप्रेस' र अक्षय कुमारको 'हाउसफुल ४' जस्ता फिल्मको कूल व्यापारलाई पनि उछिनेको छ ।

यो फिल्मको व्यापारको रफ्तारलाई हेरेर बजार बिश्लेषकहरुले यसले भारतभित्रै २ सय ७५ देखि ३ सय करोडसम्मको व्यापार गर्ने अनुमान गरेका छन् ।

मराठा सेनाका योद्धा तानाजी मालुसरेको जीवनमाथि आधारित ओम राउत निर्देशित यो फिल्ममा अजय देवगन तानाजीको शीर्ष भूमिकामा छन् । तानाजीकी पत्नीको भूमिकामा काजोल र खलनायक उदयभान राठौरको भूमिकामा सैफअलि खानले अभिनय गरेका छन् ।

प्रकाशित : माघ १४, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?