कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऋचा चड्‍डा र अली फैजलको छिट्टै विवाह हुँदै

काठमाडौँ — बलिउड अभिनेत्री ऋचा चड्‍डा र अभिनेता अली फैजलको प्रेम सार्वजनिक भएको तीन वर्ष भयो । त्यसअगाडि पनि उनीहरु ‘डेट’मा थिए भनिन्छ । तर दुवै फिल्ममा व्यस्त भएकाले विवाह जुरिरहेको थिएन । मिडियामा चाहिँ खुलेर एकअर्काप्रतिको माया व्यक्त गरिरहेका थिए ।

ऋचा चड्‍डा र अली फैजलको छिट्टै विवाह हुँदै

अब भने छिट्टै औपचारिक रुपमा पति–पत्नी हुने भएका छन् । यसको खुलासा ऋचा स्वयःले गरेकी हुन् । ‘हामी दुवै विवाहको लागि आतुर छौं तर समय मिलिरहेको थिएन, अब चाँडै विवाह गर्ने योजनामा छौं,’ ऋचाले भनेकी छन् ।


ऋचा अभिनित फिल्म ‘पंगा’ आजबाट प्रदर्शनमा आएको छ भने अली हलिउड फिल्म ‘डेथ अन द नाइल’को छायाँकनमा व्यस्त छन् । यो जोडीले ‘फुक्रे’ र ‘फुक्रे रिटर्न्स’मा एकसाथ काम गरेका थिए ।

प्रकाशित : माघ १०, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?