कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झरनाको प्यारो सलोन 

काठमाडौँ — निर्देशक झरना थापाको प्यारो कलाकार हुन् सलोन बस्नेत । झरना थापाका कुनै फिल्ममा उनी छुट्दैनन् उनी । झरनाले निर्देशन गर्ने नयाँ फिल्म 'ए मेरो हजुर ४'मा पनि सलोन अनुबन्धित भएका छन् । यसअघि झरनाले निर्देशन गरेको ए मेरो हजुरको सिक्वेल र प्रिक्वेलमा सलोन थिए । 

झरनाको प्यारो सलोन 

झरनाको पहिलो निर्देशन रहेको फिल्म 'ए मेरो हजुर २'मा सलिनमान बनियाँको साथीको भूमिकामा सलोन देखिएका थिए । 'ए मेरो हजुर ३'मा भने उनी अनमोल केसीको साथीको भूमिकामा थिए। मूख्य भूमिका नपाए पनि पछिल्लो समय सलोन दर्शकको मात्र होइन झरनाको पनि प्यारो बन्दै गएका छन् । झरनाले यसपछि निर्देशन गर्ने भनिएको 'भागवत गीता'मा पनि सलोन नदोरिएलान् भन्न सकिन्न ।


बाल कलाकारका रुपमा अभिनय थालेका सलोन केही फिल्ममा मूख्य भूमिकामा देखिए पनि सफल भएनन् । त्यसपछि उनी हेमराज बीसीको फिल्म 'होस्टेल'मा अनमोल केसीसँग सहायक भूमिकामा देखिए । यो फिल्मदेखि नै सलोन सहायक भूमिकामा जम्दै आएका छन्।

प्रकाशित : माघ ८, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?