कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलिया भन्छिन्- सफलता र असफलताले खासै फरक पार्दैन

काठमाडौँ — डेब्यु फिल्मदेखि नै अभिनेत्री आलिया भट्टले करिअरमा खासै अवरोधको सामाना गर्नुपरेन । 'स्टुडेन्ट अफ दि इयर'बाट सानदार डेब्यु गरिन् । अहिलेकी निकै सफल अभिनेत्रीमा पर्छिन् आलिया । यो उचाइमा रहेर पनि आलियाले आफूलाई सफलता र असफलताले खासै फरक नपार्ने बताउँछिन् । 

आलिया भन्छिन्- सफलता र असफलताले खासै फरक पार्दैन

अधिकांश हिट फिल्म गरेकी आलिया अभिनित पछिल्ला दुई फिल्म 'शान्दार' र 'कलंक' बक्स अफिसमा असफल रहे । हालै एक भारतीय मिडियालाई उनले अपेक्षा पूरा नहुँदा त्यसले निराश बनाउने बताएकी थिइन् । पछिल्ला दुई फ्लप फिल्मले पक्कै उनको अपेक्षा पूरा गरेन । तर, ती फिल्मबाट पनि आफूले सिक्दै गरेको तर्क गर्छिन् आलिया । उनी मिहेनतका साथ आफ्नो काममा सय प्रतिशत दिनुपर्नेमा विश्वास राख्छिन् ।


पछिल्लो समय फिल्मको सफलता र असफलता एकसाथ देखेको भन्दै उनले त्यसैकारण सफलता र असफलताले खासै फरक नपार्ने बताएकी हुन् । यो वर्ष आलिया 'गंगुबाई कठियाडवाडी', 'आरआरआर', 'तख्त', 'ब्रम्हाश्त्र'मा अभिनय गर्दैछिन् ।

प्रकाशित : माघ ८, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?