कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अजयले थाले राजामौलीको ‘आरआरआर’ को सुटिङ

एजेन्सी

‘तानाजी’ रिलिजअगाडि अजय देवगन तनावमा थिए । महंगो लागतमा बनेको यो फिल्मको अभिनेतामात्र होइन, निर्माता पनि उनै हुन् । यसले सहजै दुई सय करोड भारु व्यापार गर्ने भएको छ । यो फिल्म हलबाट नउत्रदै अजयले नयाँ फिल्मको सुटिङ सुरु गरेका छन् । 

अजयले थाले राजामौलीको ‘आरआरआर’ को सुटिङ

फिल्म हो, ‘आरआरआर’ । ‘बाहुबली’को अपार सफलतापछि एसएस राजामौलीले यो फिल्म बनाउन लागेका हुन् ।


अजयले ‘आरआरआर’ खेल्ने/नखेल्ने पक्का थिएन । छोटो भूमिका भएकाले अजयले रुचि नदेखाएको समाचार बाहिरिएका थिए । तर राजामौलीले कथा सुनाएपछि अजय खेल्न राजी भएका हुन् । अजयबाहेक यसमा रामचरण, जुनियर एनटिआर, आलिया भट्ट र डेजी एड्गरको अभिनय रहनेछ । फिल्मको केही चरणका सुटिङ सकिइसकेको छ । भारतीय मिडियाका अनुसारको यो फिल्मको सुटिङ बजेट नै ४ सय करोड भारु रहेको छ ।


१० भाषामा रिलिज हुने ‘आरआरआर’को कथा उपनिवेशबाट मुक्त हुनुपुर्वको भारतीय समाजमा केन्द्रित छ ।

प्रकाशित : माघ ८, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?