कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैनालीले गरे २०५औं पटक रक्तदान

काठमाडौँ — विश्वभर रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्दै ३५ वर्षदेखि निरन्तर रक्तदान अभियान सञ्चालन गर्दै आएका स्वयमंसेवी रक्तदाता अर्जुनप्रसाद मैनालीले २ सय ५औं पटक रक्तदान गरेका छन् ।

मैनालीले गरे २०५औं पटक रक्तदान

मंसिर १२ गते अमेरिकाको साउथ क्यारोलिनामा २ सय ५ औं पटक रक्तदान गरेको ‘वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली इंक’ द्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मैनालीले पहिलोपटक ३५ वर्षअघि काठमाडौंको विशालबजारबाट रगत दान सुरु गरेका थिए । काभ्रेको सिपाली मूल घर भई हाल अमेरिकाबाट विश्वभर रक्तदानमार्फत नेपाली समुदायलाई जोड्दै आइरहेका मैनालीले यसअघि अगस्ट २७, २०२२ मा २ सय ४ औं पटकका लागि अफ्रिकी मुलुक घानामा रक्तदान गरेका थिए ।

उनले सन् २०२२ मात्रै ५ पटक रक्तदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् १९८७ देखि रक्तदान गर्दै आएका मैनालीले २०२२ सम्म ६ वटा महादेशका २० वटा मुलुकमा रक्तदान गरिसकेका छन् । उनले हालसम्म सबैभन्दा धेरै अमेरिकामा १ सय ३३ पटक र नेपालमा ५० पटक रक्तदान गरेका छन् ।

प्रकाशित : मंसिर १९, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?