रोमानियामा मेसिनमा च्यापिएर म्याग्दीका युवकको मृत्यु- प्रवास - कान्तिपुर समाचार

रोमानियामा मेसिनमा च्यापिएर म्याग्दीका युवकको मृत्यु

घनश्याम खड्का

म्याग्दी — वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।

मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।

प्रकाशित : कार्तिक १७, २०७९ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीको पुर्चौडी नगरपालिकामा २ दिन सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाका अवसरमा दुई दिन १७ र १८ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचना भनिएको छ । 

हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । बिदामा नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्थालगायत सार्वजनिक निकाय बन्द रहने छन् ।

प्रकाशित : कार्तिक १७, २०७९ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×