कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा सिलवाल

काठमाडौँ — प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा द्रोण सिलवाल चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट रहेको मञ्चको उपाध्यक्षमा मञ्जु गिरी, तिलक दाहाल र हरि लामिछाने रहेका छन् ।

प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा सिलवाल

२३ सदस्यीय कार्यसमितिको सचिवमा टक्कर कुँवर, उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण आचार्य रहेका छन् ।

सदस्यहरूमा माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, विष्णु थपलिया, डिल्ली पौडेल, विनोद दाहाल, विश्वास न्यौपाने, नृप कुँवर, शिक्षा सत्याल, रत्ना कुँवर, सुमीत रोकाया, दिनेश खनाल रहेको अध्यक्ष सिलवालले बताए ।

त्यसैगरी, रेयन भट्टराई, कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मण्डेल, तुलराज पाण्डेले सदस्यको जिम्मेवारी पाएका छन् ।

प्रकाशित : आश्विन २, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?