कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा नेपालीद्वारा सञ्चालित को अपरेटिभको साधारणसभा

दिल्ली — दिल्लीमा रहेका नेपालीहरूले चलाएको युनाइटेड को अपरेटिभले आइतबार दोस्रो साधारणसभा गरेको छ । प्रवासी नेपालीहरू संगठित भएर को अपरेटिभ चलाएका छन् ।

दिल्लीमा नेपालीद्वारा सञ्चालित को अपरेटिभको साधारणसभा

भारत प्रवासमा रहेका नेपाली समूदायलाई पेसा व्यवसाय र आवश्यक पर्दा सस्तो दरमा ऋण उपलब्ध गराउने उद्देश्य युनाइटेड को अपरेटिभको छ ।

नेपालीहरूबीच एकता कायम गराउन, सुख दुःखमा जोडिन एकले अर्कालाई सरसहयोग पुर्‍याउन पनि सहकारीको प्लेटफर्मले सहयोगी भूमिका खेलेको संस्थाका संयोजक देवेन्द्र कुँवरले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका काउन्सिलर यदुनाथ पौडेलले जेसुकै कारणले आफ्नो भूमि छाडेर भारत आएका नेपालीको आर्थिक पाटोमा को अपरेटिभ संस्थाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीले अनुशासन र मर्यादा ख्याल तथा सम्बन्धित देशको विधि विधानमा रहेर काम गर्न सुझाए ।

प्रकाशित : असार ५, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?