कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कोभिड-१९ कथाहरू’ र ‘अ जोर्नी अफ इनोसेन्स’ पुस्तक लोकार्पण

नवीन पोखरेल

लन्डन — नेपाल सेन्टर इन्टरनेसनलद्वारा प्रकाशित ‘कोभिड-१९ कथाहरू’ र ‘अ जोर्नी अफ इनोसेन्स’ पुस्तकको लोकार्पण गरिएको छ । 

‘कोभिड-१९ कथाहरू’ र ‘अ जोर्नी अफ इनोसेन्स’ पुस्तक लोकार्पण

बेलायतको वेस्ट बाइफ्लीटस्थित हवेली रेस्टुरेन्टमा आइतबार एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि यती नेपाली एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी, विशेष अतिथि एनआरएनए यूके उपाध्यक्ष सुनीलबाबु खड्का एवं नेपाल सेन्टर इन्टरनेसनलका संस्थापक निर्मलकुमार थापाले संयुक्त रुपमा ती कृति विमोचन गरेका हुन् ।

विमोचित 'कोभिड १९ कथाहरु' मा २६ विभिन्न कथा समावेश भएको पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि ध्रुव केसीले बताएका छन् । उक्त पुस्तकमा कोभिड-१९ महामारीको चपेटा र तीतामिठा भोगाइ समेट्ने प्रयास गरिएको प्रमुख अतिथि केसीले जानकारी दिए ।

कार्यक्रममा 'कोभिड-१९ कथाहरू' कृतिबारे संगीता स्वेच्छा र 'अ जोर्नी अफ इनोसेन्स' पुस्तकबारे स्नेहा श्रेष्ठले समीक्षा गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?