कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट जर्मनीमा एक नेपालीको निधन

पेरिस — कोरोना भाइरसको संक्रमणका कारण जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा करिब एक दशकअघि जर्मनीको फ्यांकफर्ट आएका सुरज थापाको उपचारका क्रममा ज्यान गएको हो ।

जर्मनीको एक वृद्धाश्रममा काम गर्दै आएका थापा भाइरसबाट संक्रमित भएपछि घरमै उपचार गर्दै आएका थिए । एकान्तबासमा बस्दा सञ्चो नभएपछि उनलाई फ्यांकफर्ट निवासी आफ्नै भाइले अस्पताल पुर्‍याएका थिए ।

संक्रमणले गालेपछि मात्रै उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनलाई तीन साता भेन्टिलेटरमा राख्दा पनि सुधार नभएको गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले कान्तिपुरलाई बताए ।

प्रकाशित : मंसिर १८, २०७७ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?