कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट बेलायतमा अर्का नेपालीको मृत्यु

नवीन पोखरेल

लन्डन — बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

कोरोनाबाट बेलायतमा अर्का नेपालीको मृत्यु

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । केही दिनदेखि ज्वरो र खोकी लगायतका लक्षण देखा परेर उनको स्वास्थ्यावस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ती व्यक्तिको निधन भएको थियो ।


मृतकको परिवार आफ्नै घरमा आइसोलेसनमा बसेको छ भने उनीहरुलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । संक्रमण फैलिने जोखिमका कारण उपचारको बेला र मृत्युपछि समेत परिवारले भेट्न पाएको छैन ।


गत साता लन्डनमै कोरोना संक्रमणबाट ६६ वर्षका भूपूगोर्खाको निधन भएको थियो । बेलायतमा बिहीबारसम्म कोभिड १९ बाट ४६५ जनाको निधन भइसकेको छ ।


प्रकाशित : चैत्र १३, २०७६ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?