कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोर्चुगलमा दूतावास स्थापना गर्न माग 

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएन) ले पोर्चुगलमा दूतावास स्थापना गर्न माग गर्दै सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ ।

पोर्चुगलमा दूतावास स्थापना गर्न माग 

एनआरएन पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले पछिल्लो समय युरोपको हबका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथासक्य पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।


ज्ञापनपत्रमा दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएकोले नेपालमा लगानी प्रवर्द्धन र व्यापार तथा पर्यटन बिस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनको प्रयासमा सरकार सकारात्मक रहेको बताए । मन्त्री ज्ञवालीले भने, ‘त्यहाँको समस्या समाधानको उपयुक्त निकासबारे सरकारले छलफल गरिरहेको छ ।’

अहिले पोर्चुगलमा रहेका नेपाली दूतावासमा काम परे फ्रान्स पुग्नुपर्ने बाध्यता छ ।

प्रकाशित : माघ २०, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?