एनआरएनए केन्यामा डुम्रे

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्‌, केन्याको चौथो राष्ट्रिय महाधिवेशनले सुरज डुम्रेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

ZenTravel

उपाध्यक्ष शिव लाल, महासचिव टीका धिताल, सचिव लक्ष्मी ब्लोन, कोषाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, महिला संयोजक कुमारी जिसी, युवा संयोजक कमलराज अधिकारी चयन भएका छन् ।

सदस्यहरु डा. सीताराम घिमिरे, इन्जिनियर बरुण शुवाल, मनोज बस्नेत, रवी जैन, भगवती तामाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे रहेका मुख्य निर्वाचन अधिकृत नारायण भट्टाराईले बताए । संरक्षक ईन्जिनियर कुलबहादुर कार्की, नारायण भट्टराई र उदय हाडा छन् ।

सल्लाहकार समितिमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरे चयन भएका छन् । केन्यामा झन्डै ५ सय नेपाली कार्यरत छन् ।

प्रकाशित : भाद्र २५, २०७६ १८:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सकलाई डेंगु परीक्षण गर्न भ्याइनभ्याइ

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला ९ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेंगु रोगको सङ्क्रमण भेटिएको छ । 


अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ। अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ। अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताए।

प्रकाशित : भाद्र २५, २०७६ १८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×