राजदूत आचार्यले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले बुधबार बिहान भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र (क्रिडेन्सिअल) बुझाएका छन् । नयाँदिल्लीस्थित भारतको राष्ट्रपति कार्यालयमा बुधबार बिहान ११ हुने विशेष कार्यक्रमबीच आचार्यले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । 

त्यसपछि राजदूत आचार्यले राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल-भारतबीचको सदियौं पुरानो र बहुआयामिक सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा चर्चा भएको नवनियुक्त राजदूत आचार्यले कान्तिपुरलाई जानकारी गराए । त्यसैगरी आचार्यले संविधान सफल कार्यान्वयनपछि नेपालले आर्थिक विकासलाई प्राथमिकता राखेको समेत भेटमा चर्चा गरेका थिए । 'नेपालमा अहिले राजनीतिक एजेण्डामा कुनै विवाद छैन, अब नेपाल सरकार समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य कार्यान्वयनमा लागेको जानकारी गराएँ' उनले भने । राजदूत आचार्यका अनुसार नेपाल-भारत सम्बन्धको थप सुदृढीकारणको आवश्यकता पनि औंल्याइएको छ ।

भेटमा भारतीय राष्ट्रपति कोविन्दले दुई देशबीचको सम्बन्धका बारेमा चासो राखेका थिए ।

ओहदाको प्रमाणपत्र बुझाएसँगै राजदूत आचार्यले आजैदेखि औपचारिक रुपमा दूतावासको जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेलगत्तै कान्तिपुरसँगको कुराकानीमा राजदूत आचार्यले आफूले दुई देशबीचको आपसी विश्वासलाई थप बढाउन र असमझदारीलाई पनि द्विपक्षीय संवाद र छलफलबाट टुंग्याउनमा जोड दिने बताए ।

करिब दुई महिनाअघि नेपाल सरकारले ७५ वर्षीय आचार्यलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो । करिब डेढ वर्षअघि तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएयता नयाँदिल्लीस्थित नेपाली दूतावास नेतृत्वविहीन रहँदै आएको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘जीपलाइन’ ले तानिए धुलिखेलमा पर्यटक

विद्या राई

काठमाडौँ — पर्यटकीय गन्तव्य धुलिखेलमा पछिल्लो समय ‘जीपलाइन’ आकर्षण बनेको छ । ‘जिप लाइन’ एक साहसिक खेल हो । यो खेलमा फलामले लठ्ठामा घिर्नीको सहायताले विशेष फित्तामा झुण्डिएर उडे जसरी अघि बढिन्छ ।

धुलिखेलको थाक्लेडाँडामा टेकअफ भएर पाँचखालको खावामा अवतरण हुन्छ। यसबीचको १ दशमलव १ किमि दूरी पार गर्न झण्डै एक मिनेट २० सेकेन्ड लाग्छ। २ सय ४० फीटको झुकावमा अघि बढ्छ।

नेपालमा जीपलाइनका लागि पोखरा पछिको फ्रेस गन्तव्य होधुलिखेल। जीपलाइनमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ।वर्ल्ड वाइड एड्भेन्चरले हालै निर्माण गरेको जीपलाइन यही फागुनदेखि सञ्चालनमा आएको हो। अहिलेसम्म स्थानीय, चीन, कोरिया, हङकङ, अमेरिका र स्वीट्जरल्यान्डबाट आएका पर्यटकले यो अनुभव लिइसकेका एड्भेन्चरले जनाएको छ।

मौसम सफा भएको बेला १८० डिग्रि कोणमा अन्नपूर्ण, गणेश हिमाल, लाङटाङ, गौरीशंकर, ल्होत्से, फूर्बीच्याचू लगायत हिमशृङ्खलाका पानारोमा दृश्य हेर्न सकिन्छ।


जीपलाइनव्यावसायिकता सँगै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा ल्याएकोसञ्चालकले बताएको छ।

प्रकाशित : फाल्गुन २९, २०७५ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्