साताको साहित्य पुरस्कार कवि प्यासीलाई दिइने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
अस्ट्रेलिया — एकवर्षसम्म प्रकाशित रचनाहरुमध्येबाट उत्कृष्ट एक सिर्जनालाई पाठक प्रतिक्रिया तथा निर्णायकहरुको छनोटका आधारमा प्रदान गरिने यस पुरस्कार प्यासीको ‘आशीर्वाद’ कवितालाई दिइएको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ र तामपत्र रहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![साताको साहित्य पुरस्कार कवि प्यासीलाई दिइने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2019/third-party/australia-news-1912019025631-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सुजित सिग्देल, ऋषि आचार्य, महेन्द्र पौडेल, संजीव पाण्डे र निष्प्रभ सजी निर्णायक रहेको समितीले छानेको तीन कृतिहरु बाबु त्रिपाठीको ‘रोल्पाको रंग’ र जीवन खत्रीको ‘आमाको पटुका’ मध्ये प्यासीको कवितालाई उत्कृष्टका रुपमा छानिएको थियो । साताको साहित्यका सम्पादक तथा साहित्यकार निष्प्रभ सजीले नेपालमै साहित्य सिर्जनामा लागिपरेका साहित्यकारहरुलाई हौसला प्रदान गर्न पुरस्कारको स्थापना गरिएको बताए ।
साताको साहित्य पुरस्कारबाट साहित्यकारहरु रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली, बोनम प्रताप र प्रोल्लास सिन्धुलीय पुरस्कृत भइसकेका छन् ।
सजीले नेपालमा केही महिनापछि औपचारिक कार्यक्रम गरी कवि प्यासीलाई पुरस्कार हस्तान्तरण गर्ने जनाए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)