कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्ट्रेलियामा रहेका विद्यार्थी समेट्ने एनआरएनको प्रयास

नारायण खड्का

अस्ट्रेलिया — प्रवासी नेपालीको संगठन एनआरएन अस्ट्रेलियाले संस्थागत सर्वेक्षण सुरु गरेको छ । यहाँका केही विद्यार्थीहरुको आलोचनापछि एनआरएनले अस्ट्रेलियाका सबै राज्यहरुमा रहेका विद्यार्थी समेट्ने उद्देश्यसाथ सर्वेक्षण थालेको हो । 

अस्ट्रेलियामा रहेका विद्यार्थी समेट्ने एनआरएनको प्रयास

एनआरएनको इतिहासमै पहिलोपटक गरिएको सर्वेक्षणमार्फत एनआरएनले ल्याउनुपर्ने कार्यक्रम, प्राथमिकताका विषय, एनआरएनको गतिविधि थाहा भएको/नभएको लगायतका विषय जान्ने प्रयास गरिएको छ । यो सर्वेक्षणबाट एनआरएनए अस्ट्रेलियाको उद्देश्य र भविष्यमा गर्नुपर्ने कार्यलाई दिशानिर्देश हुने विश्वास लिइएको छ । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले सर्वेक्षणमार्फत प्राप्त सुझाव, जानकारीअनुसार आगामी दिन योजना बनाउने सुनाए । केन्द्रीय सदस्य गोकुल घिमिरेले पनि पछिल्लो समयमा एनआरएनप्रति विद्यार्थीहरुले गुनासो गरिरहेका कारण सर्वेक्षण आवश्यक भएको बताए ।


दुई सातासम्म चल्ने सर्वेक्षण विद्यार्थीहरुको सहयोगका लागि भइरहेको कार्यक्रमका समीक्षा, परिमार्जन र थप नीति निर्माण गर्ने रहेको एनआरएनले दाबी गरेको छ । सर्वेक्षणप्रति विद्यार्थीहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले एनआरएनले सर्वेक्षण गरिए पनि यसमा आएको प्रतिक्रियाहरुको कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।


एनआरएन प्रवक्ता डिला खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा सन् २०११ देखि अहिलेसम्म विद्यार्थीहरुलाई गरिएको खर्च विवरणसमेत उल्लेख गरिएको छ ।

प्रकाशित : माघ ४, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?