कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो

काठमाडौँ — अघिल्लो दिनको तुलनामा बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । बुधबारको तुलनामा ८.२४ अंकले घट्दा समग्र नेप्से २ हजार ५१.९२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४० प्रतिशतले कम हो ।

नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो

यो साताका पाँच कारोबार दिनमध्ये आइतबार, बुधबार र बिहीबार नेप्से घट्यो भने सोमबार र मंगलबार बढ्यो ।

बिहीबार कारोबारमा आएकामध्ये ४७ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १८८ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उक्त दिन ५० हजार २ सय ८१ वटा कारोबारबाट ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । बुधबार ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

योसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण ३२ खर्ब ५३ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : असार १३, २०८१ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×