कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल सुरु भएको हो । 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रेस सल्लाहकार आचार्यका अनुसार दुई नेताबीच समसामयिक विषयमा कुराकानी भइरहेको छ । शनिबार मात्र एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

बालकोटस्थित ओली निवासमा दुई नेताबीच करिब ३ घण्टा छलफल भएको थियो । कांग्रेस सभापति देउवासँग ओलीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित : असार १६, २०८१ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×