कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्राधिकरणले सरकारलाई २ अर्ब ४२ करोड बुझाउन बाँकी

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले सरकारलाई २ अर्ब ४२ करोड रुपैयाँ बुझाउन बाँकी रहेको देखाएको छ । महाकाली सन्धिअनुसार नेपाल सरकारले निःशुल्क प्राप्त गरेको विद्युत् प्रतियुनिट ४.७५ रुपैयाँका दरले प्राधिकरणलाई विद्युत् उपलब्ध गराउँदै आएको महालेखाकाे ६१ औं प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले सरकारलाई २ अर्ब ४२ करोड बुझाउन बाँकी

विद्युत् उपलब्ध गराएबापत नेपाल सरकारलाई अघिल्लो वर्षसम्मको २ अर्ब ९ करोड रुपैयाँ र यस वर्षको थप ३३ करोडसमेत गरी कुल बक्यौता २ अर्ब ४२ करोड रहेको देखियो । तर अझै भुक्तानी नगरेको महालेखाले जनाएको छ ।

नेपाल र भारत सरकारबीच भएको महाकाली सन्धिअनुसार नेपाल सरकारले ग्रेगोरियन क्यालेन्डरअनुसार प्रत्येक वर्ष ७ करोड युनिट विद्युत् निःशुल्क पाउने तथा सो भन्दा बढी विद्युत् चाहिएमा खरिद गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?