कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

९० मेगावाट क्षमताको मर्स्याङ्दीको पीपीए, ६ वर्षमा विद्युत् उत्पादनको लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्धजलाशययुक्त ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदीको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आयोजनाको विद्युत् प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँमा सम्झौता भएको हो ।

९० मेगावाट क्षमताको मर्स्याङ्दीको पीपीए, ६ वर्षमा विद्युत् उत्पादनको लक्ष्य

आयोजनाको पीपीएमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावरका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपश्चात् प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले सम्झौतापत्र हस्तान्तरण गरे ।

तनहुँ तथा गोरखा जिल्लाको भानु तथा पालुङटार नगरपालिकामा रहेको आयोजनाबाट हिउँदमा १८४.६७ गिगावाट र वर्षामा ३७७.९३ गिगावाट उत्पादन हुनेछ । कम्पनीले सम्झौतमाअनुसार २०८६ वैशाख २२ गतेभित्र व्यावसायिक उत्पादन (आरसीओडी) गर्नुपर्नेछ ।

कम्पनीका अध्यक्ष आचार्यले आयोजनाको वातावरणीय मूल्यांकन अध्ययन अन्तिम चरणमा रहेका जनाए । उनका अनुसार आयोजनाको वित्तीय व्यवस्थापन नेपाली तथा विदेशी लगानीकर्तासँग आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित : कार्तिक २, २०८० १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?