कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमको आइतबारको दिल्ली उडान गैरसैनिक हवाई उडान ऐनविपरीत : उड्डयन प्राधिकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक उड्डयन तथा हवाई यातायात नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नेपाल वायुसेवा निगमले दिल्ली उडान-अवतरणको अनुमति नलिई यात्रुहरूलाई अलपत्र पारेको जनाएको छ ।

निगमको आइतबारको दिल्ली उडान गैरसैनिक हवाई उडान ऐनविपरीत : उड्डयन प्राधिकरण

प्राधिकरणले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै प्राधिकरणबाट उडान स्वीकृति नलिई नेपाल वायुसेवा निगमले आइतबार दिल्ली उडान राखेकोमा आपत्ति पनि जनाएको छ ।

‘प्राधिकरणबाट उडान स्वीकृति नलिएको नेपाल वायुसेवा निगमको काठमाडौंबाट दिल्ली उड्ने उडान नम्बर आरए-२१७ का यात्रुहरूलाई विमानस्थलमा बोलाई यात्रुहरूलाई गन्तव्यमा नपुर्‍याई अलपत्र पारेको घटनाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता जगन्नाथ निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उसले आइतबार निगमले राखेको उडान गैरसैनिक हवाई उडान ऐन र नियमवालीविपरीत भएको विज्ञप्तिमा लेखेको छ । उडान र अवतरणको अनुमतिबिना यात्रुलाई टिकट बिक्री गर्नु, बोर्डिङ पास दिनुलाई सिकागो महासन्धी तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्डविपरीत भएको उल्लेख गर्दै प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान

प्रकाशित : कार्तिक १४, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?