कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ढुवानी व्यवसायीलाई निगमले भन्यो- ‘बन्द, हड्तालका कार्यक्रम फिर्ता लेऊ’

काठमाडौँ — बन्द, हडतालको कानुन सम्झाउँदै नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । ढुवानी भाडा समायोजन लगायतका विषयमा माग राख्दै इन्धन आयात गर्न पीडीओ नलिई व्यवसायीलाई अवरोधका कार्यक्रमहरु तत्काल फिर्ता लिन आग्रह गरेको हो ।

ढुवानी व्यवसायीलाई निगमले भन्यो- ‘बन्द, हड्तालका कार्यक्रम फिर्ता लेऊ’

‘आपूर्ति व्यवस्थालाई नै पूर्णरुपमा ठप्प पार्ने गरी गरिएको अवरोधका कार्यक्रमप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ ।

इन्धनको आपूर्तिमा अवरोध हुँदा हवाई यात्रुलगायत सर्वसाधरणमा सन्त्रास पैदा भएको अवस्था छ । महासंघको मागप्रति निगम सञ्चालक समिति तथा व्यवस्थापनसँग पटक/पटक सकारात्मक छलफल भइसकेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको पूर्वसन्ध्यामा विभिन्न विदेशी हवाई कम्पनीले नयाँ तथा थप उडान सन्चालन गर्ने जानाकरी प्राप्त भएको अवस्थामा व्यवसायीको हड्तालका कारण हवाई इन्धन उपलब्ध गराउन नसकिने भनी नागरिक उड्ययन प्राधिकरणमार्फत जानकारी गराउनु पर्दा निगमलाई दु:ख लागेको छ । अत : बन्द हडतालका सम्बन्धमा मुलुकको विद्यमान कानुनी व्यवस्थालाई समेत ख्याल राख्दै आन्दोलन एवं अवरोधका फिर्ता लिन अनुरोध गर्छौं ।’

प्रकाशित : भाद्र २८, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×