कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पेट्रोलियम ढुवानीमा व्यवसायीको अबरोध : असोजदेखि देशभर लोडअनलोड नगर्ने 

काठमाडौँ — पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा बढाउनुपर्ने माग गर्दै ३ दिनदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ । व्यवसायीले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिएका छैनन् । बुधबारदेखि भने अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थको लोड पनि नगर्ने भएका छन् । यसले पाइपलाइनमार्फत आएको डिजेल समेत डिपोमा नजाने भएको छ । 

पेट्रोलियम ढुवानीमा व्यवसायीको अबरोध : असोजदेखि देशभर लोडअनलोड नगर्ने 

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ ‘हालको कार्यक्रमलाई यथावत राख्दै असोज १ गतेबाट राज्यभरका सबै डिपोहरुमा लोडअनलोड नगर्ने पूर्ववत् निर्णय भएको जानकारी गराउँछौं ।’ ढुवानीबापत आयल निगमले आफूहरुलाई दिँदै आएको भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायी विराेधमा उत्रिएका हुन् ।

सरकारले असोज १ देखि दसैंका लागि लामो दूरीमा सार्वजनिक यातायातको टिकट बुकिङ खुला गरेको छ । यस्तो बेला व्यवसायीले गरेको अबरोधले इन्धनको अभाव भई सर्वसाधारणलाई मार पर्न सक्ने छ । ०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवालाई अत्यावश्यक वस्तुको सूचीमा राखिएको छ । अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐनअनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । तर, ऐनविपरीत व्यवसायीले पीडीओ नउठाउँदा पनि सरकार भने मौन बसेको छ ।

प्रकाशित : भाद्र २८, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×