कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महासंघको कोषाध्यक्षमा हिराचन

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । महासंघको विधानअनुसार कार्यकारिणी समितिका व्यक्तिले मात्र कोषाध्यक्षलाई मतदान गर्ने व्यवस्था छ ।

महासंघको कोषाध्यक्षमा हिराचन

विधानअनुरूप सोमबार कोषाध्यक्ष पदको निर्वाचन भएको थियो । निर्वाचित कार्यकारिणी समिति सदस्य हिराचन र डीबी बस्नेतबीच प्रतिस्पर्धा भएको थियो । मत परिणामअनुसार हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबार साँझ बसेको महासंघको कार्यकारिणी समिति बैठकले विशिष्ट सदस्यमा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई मनोनीत गर्ने निर्णय गरिसकेको छ । साथै मानार्थ सदस्यमा किशोरकुमार प्रधानलाई पनि मनोनीत गरिसकेको महासंघले जनाएको छ ।


प्रकाशित : मंसिर १६, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?