कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि क्षेत्रलाई विश्व बैंकको ९ अर्ब ४३ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ पछिको अवस्थामा सहयोग पुर्‍याउन र कृषि क्षेत्रको सशक्तीकरणका लागि विश्व बैंकले नेपाललाई ८ करोड अमेरिकी डलर (हालको विनिमय दरअनुसार ९ अर्ब ४३ करोड २८ लाख रुपैयाँ) सहयोग गर्ने भएको छ । उक्त रकम बराबरको परियोजना स्वीकृत भइसकेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कृषि क्षेत्रलाई विश्व बैंकको ९ अर्ब ४३ करोड

ग्रामीण उद्यम तथा आर्थिक विकास (आरईईडी) परियोजनामार्फत उक्त सहयोग प्राप्त हुने बताइएको छ । यो परियोजनाले ग्रामीण उद्यम वृद्धिका लागि बजार अन्तरसम्बन्धलाई सघाउनेछ । साथै कृषि सशक्तीकरण गर्ने जनाइएको छ । यसले रोजगारी सिर्जना गर्न, सानो उद्यमको उत्पादन र संस्थागत खरिदकर्ताबीच सम्बन्ध बनाउने र उत्पादन वृद्धिमा ध्यान दिने विज्ञप्तिमा उल्लेख छ । परियोजना प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आर्थिक क्षेत्रमा केन्द्रित रहने जनाइएको छ ।

हाल नेपालमा विश्व बैंकको सहयोगमा २४ परियोजना सञ्चालनमा छन् । कृषिसम्बन्धी यो परियोजनाले कफी, चिया, फलफूल, औषधि उत्पादनलगायतलाई प्रोत्साहन, उत्पादन वृद्धि र कोभिड–१९ पछिको अवस्थामा सहयोग गर्ने विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका निर्देशक फारिस हदाद जर्भोसले बताए ।

प्रकाशित : कार्तिक १४, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?