आयो ‘नोकिया २.४ एआई’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

आयो ‘नोकिया २.४ एआई’

कान्तिपुर संवाददाता

काठमाडौँ — यसको मूल्य १४ हजार ५ सय ९९ रुपैयाँ रहेको नोकियाले जनाएको छ ।

नोकिया फोनले आइतबार ‘नोकिया २.४’ सार्वजनिक गरेको छ ।

यसमा ६.५ इन्च एचडी प्लस स्क्रिन, ४५ सय एमएएच ब्याट्री, फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विशेषता छन् । साथै तीन वर्षको मासिक सुरक्षा अपडेट र दुई वर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलको ‘कुरैकुरामा उपहार’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले दसैंतिहार तथा छठ पर्वका अवसरमा ‘कुरैकुरामा उपहार’ योजना ल्याएको छ ।

भ्वाइस सेवाका ग्राहकका लागि कम्पनीले यो योजना ल्याएको हो । एनसेलका सबै प्रिपेड ग्राहकले अननेट, अफनेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी दैनिक, साप्ताहिक र बम्पर उपहार जित्न सक्छन् ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×