एलिफोन अब नेपालमा पनि- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

एलिफोन अब नेपालमा पनि

कान्तिपुर संवाददाता

काठमाडौँ — हङकङस्थित स्मार्टफोन कम्पनी एलिफोनले आफ्ना स्मार्टफोनको बिक्रीवितरण नेपालमा सुरु गरेको छ ।

यसका लागि काठमाडौंस्थित आइटेक इन्टरनेसनल प्रालिलाई आधिकारिक विक्रेता नियुक्त गरेको छ ।

सुरुमा तीनवटा मोडेल बजारमा ल्याइएको कम्पनीले बताएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार राति मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी बुटवल–१३, बेलबासकी ६५ वर्षीया महिलाको राति ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनका अनुसार अस्पतालमा एक्सपर्ट इमर्जेन्सी टेस्ट किट अभाव भएकाले महिलाको पीसीआर परीक्षणका लागि आइतबार पठाइएको स्वाबको नतिजा सोमबार बिहान आएको हो ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×