मेगाले ल्यायो ‘मेगा स्मार्ट कृषि’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेगाले ल्यायो ‘मेगा स्मार्ट कृषि’

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यावसायिक किसानको समयानुकूल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको बैंकले बताएको छ ।

मेगा बैंकले ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंकले ‘मेगा किसान कार्ड’ सहितको यो सेवा थालेको हो ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गर्दै उक्त सेवाको सुरुवात गरिन् ।

बैंकले व्यावसायिक किसानको समयानुकूल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको बताएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसीको अनलाइन कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिने प्रणालीको सुरुवात गरेको छ ।

‘लोनएप्लिकेसन डटकम एनआईसीएसिया डटकम’ मार्फत अनलाइन कर्जाको सुरुवात गरिएको बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने रणनीतिअनुसार बैंकको व्यावसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्दै कर्जालाई समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

यसमा ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोतअनुसार कर्जा क्षमता निक्र्योल गर्न सकिने व्यवस्था छ ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×