एनसेलको मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा

कान्तिपुर संवाददाता

काठमाडौँ — अब एनसेलका ग्राहकले मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन पाउनेछन् ।

एनसेलले ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

मेन ब्यालेन्सबाट डेटा चलाउँदा अझै सुलभ दरमा डेटा सेवा, जति धेरै डेटा प्रयोग गर्‍यो, त्यसकै अनुपातमा शुल्क घट्ने र साप्ताहिक पेएजयूगो योजनाअन्तर्गत ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा पाउनेछन् ।

प्रकाशित : आश्विन १५, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

मोबाइलबाटै मनकामना केबलकारको टिकट

कान्तिपुर संवाददाता

काठमाडौँ — मनकामना केबलकार र ई–सेवाबीच टिकट खरिदबिक्री सम्झौता भएको छ ।

सम्झौतासँगै मनकामना दर्शन गर्न जानेहरूले टिकट किन्न अब पहिला जस्तो लामो लाइनमा बस्नुपर्ने भन्झट हुनेछैन । भक्तजनको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबलकारले यस्तो व्यवस्था गरेको हो ।

टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्युटरमा ई–टिकट प्राप्त हुन्छ । सोही टिकट देखाई केबलकारमा यात्रा गर्न सकिनेछ ।

प्रकाशित : आश्विन १५, २०७७ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×