ई–सेवालाई आईएसओ प्रमाणपत्र- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ई–सेवालाई आईएसओ प्रमाणपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–सेवाले आईएसओ २७००१:२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

स्थापनाकालदेखि नै कम्पनीले सूचना प्रणाली, गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

ई–सेवामा खाता खोल्नेको संख्या हाल ३५ लाखभन्दा बढी रहेको उनको भनाइ छ । हाल ई–सेवाका देशभर एक लाखभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा प्वाइन्ट) छन् ।

प्रकाशित : आश्विन १५, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका एक जनामा बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ ।

कोटहीमाई गाउँपालिका–८ का ४२ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि बुधबार दिउँसो ३ बजे अस्पताल ल्याईएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उपचारका क्रममै उनको साँझ ६ बजे मृत्यु भएको थियो ।

बुधबार साँझ नै स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार आएको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको डा. गौतमले जानकारी दिए ।

प्रकाशित : आश्विन १५, २०७७ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×