कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘होटेलियर पावर लिस्ट’ मा फेरि पनि राहुल

कान्तिपुर संवाददाता

काठमाडौँ — सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् ।

‘होटेलियर पावर लिस्ट’ मा फेरि पनि राहुल

भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो । ओबरोय होटल्स, हिल्टन, आईएचजी, म्यारियट, लीला, एकोर, र्‍याडिसन, ताजजस्ता चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन् । राहुलले चौधरी ग्रुप (सीजी) को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् ।

‘होटेलियर’ ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए ।

प्रकाशित : आश्विन १२, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?