१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भाखा नाघेका कर्जामा एनआईसीको सहुलियत 

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले कोभिडबाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न विभिन्न सहुलियतका योजना ल्याएको छ ।

बैंकले ०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाको असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र भुक्तान गरेमा साविकको ब्याजदर घटाई १ कात्तिकदेखि लागू हुने गरी ८.९९ प्रतिशत कायम गरिने योजना ल्याएको छ ।

समयमै मौकाको फाइदा उठाउन बैंकले सबै ऋणीहरूलाई आग्रह गरेको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?