कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यामाहाले ल्यायो रे जेडआर १२५ एफआई

काठमाडौँ — यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । भर्चुअल प्रविधिमार्फत गरिएको ग्रान्ड लन्चमा दर्शकलाई नयाँ स्कुटरको स्टाइल र फिचरबारेको जानकारी थ्रीडी एक्सपिरियन्समार्फत दिइएको थियो ।

यामाहाले ल्यायो रे जेडआर १२५ एफआई

कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रूपमा हेर्ने एक जना भाग्यशाली विजेताको नामसमेत घोषणा गरिएको थियो । यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यमाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ ।

स्कुटरमा अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्टअपका लागि स्मार्ट मोटर जेनेरेटरलगायत फिचर रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?