हिरोले ल्यायो ‘दसैंको पर्व, हिरोत्सवको हर्ष’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरोले ल्यायो ‘दसैंको पर्व, हिरोत्सवको हर्ष’

कान्तिपुर संवाददाता

काठमाडौँ — हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नजिकिँदै गरेका पर्व दसैंतिहारको अवसर पारेर ‘दसैंको पर्व, हिरोत्सवको हर्ष’ योजना ल्याएको छ ।

यो योजनाअनुसार हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ पक्का छुट, स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख रुपैयाँ पाउँछन् ।

प्रकाशित : आश्विन ३, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस महामन्त्री शशांक कोइराला डिस्चार्ज

केही दिन होम आइसोलेसनमै बस्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला शनिबार दिउँसो डिस्चार्ज भएका छन् । महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि शनिबार डिस्चार्ज भएको बताएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम उनी अझै केही दिन होम आइसोलेसनमा बस्नेछन् । महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न डाक्टर विश्वनाथ कोइरालालगायतको चिकित्सक टोलीलाई धन्यवाद व्यक्त गरेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ॐ अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

महामन्त्री कोइराला कोरोनामुक्त भने भइसकेका छैनन् । १४ दिन काटेपछि असोज ७ गते उनको पीसीआर परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । शुक्रबार गरिएको पीसीआर रिपोर्ट भने पोजिटिभ नै आएको उनले बताए ।

प्रकाशित : आश्विन ३, २०७७ १३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×