कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेटलाइफले ल्यायो ‘नयाँ ग्राहक सेवा एप’

काठमाडौँ — मेटलाइफले ‘नयाँ ग्राहक सेवा एप’ ल्याएको छ । बिमासम्बन्धी सेवाको पहुँच थप बढाउन र आफ्नो बिमा पोलिसी व्यवस्थापन गर्न कम्पनीले यो एप ल्याएको हो ।

मेटलाइफले ल्यायो ‘नयाँ ग्राहक सेवा एप’

एपले ग्राहकलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफका विभिन्न सेवामा पहूँच बढाउनेछ । डिजिटल थिमअन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले मेटलाइफका कर्मचारी र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रममार्फत उक्त एपको उद्घाटन गरे । यो एप आईओएस एप स्टोर वा एन्ड्रोइड गुगल प्ले स्टोरबाट नि:शुल्क डाउनलोड गरी चलाउन सकिन्छ ।

प्रयोगकर्ताले एपमा लगइन गरेपछि आफ्नो बिमा पोलिसीको स्थिति, कुल प्रिमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ताका साथै पोलिसीहरुको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्छन् ।

प्रकाशित : भाद्र ३१, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?