कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबार सवा २ बजेदेखि सेयर कारोबार सुरु, ५ बजेसम्म बजार खुल्ने

काठमाडौँ — बिहीबार सवा दुई बजेदेखि मात्र सेयर कारोबार सञ्चालनमा आएको छ । नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि सुरुदेखि बजार सञ्चालन हुन पाएको थिएन ।

बिहीबार सवा २ बजेदेखि सेयर कारोबार सुरु, ५ बजेसम्म बजार खुल्ने

अहिले उक्त समस्या समाधान भइसकेकाले बजार खुला गरिएको नेप्सेले जारी सूचनामा उल्लेख छ ।

बिहीबार बिहान ११ बजेदेखि नै कारोबार प्रणाली (टीएमएस)मा समस्या भएपनि ब्रोकरहरुको अर्डर नै प्लेसमेन्ट हुन पाएको थियो । निर्धारित समयमा कारोबार सुरु हुन नसकेपछि नेप्सेले बिहीबारका लागि कारोबार अवधि बढाएर बेलुकी ५ बजेसम्म पुर्‍याएको छ ।

सामान्य अवस्थामा ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?