कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

एनसेलको वायर फ्री प्लस सेवा

अर्थ संक्षेप
कान्तिपुर संवाददाता

एनसेलले वाइफाई, टक टाइम र डेटा बन्डलसहितको वायर फ्री प्लस सेवा सुरु गरेको छ  । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलबारदेखि सुरु गरेको हो  ।

एनसेलको वायर फ्री प्लस सेवा

बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिम कार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबी डेटा र डिजिटल कन्टेन्टहरू पाउनेछन् ।

वार्षिक प्लानअन्तर्गत गोल्ड, प्लाटिनम र डायमन्ड समूहको कुनै पनि प्लान लिन सक्छन् । ग्राहकले वार्षिक प्लानअन्तर्गत मासिक करसहित गोल्ड ६ सय ९० रुपैयाँमा र करबाहेक प्लाटिनमको ८ सय ६० रुपैयाँ तथा डायमन्डको ९ सय ५० रुपैयाँमा प्लान खरिद गर्न सक्छन् ।

वायर फ्री प्लस सेवा लिन ग्राहकले एनसेल सेन्टरमा सम्पर्क गर्नुपर्नेछ । साथै कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क र प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् ।

प्रकाशित : श्रावण २३, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?