कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ । 

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको छ । कच्चा तेलको मूल्य, डलरको बिनियम दर र आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।’

मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।

 ।

निगमको विज्ञप्ति

प्रकाशित : श्रावण १७, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?