कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नबिलको स्क्यान एन्ड विड्र सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले ‘स्क्यान एन्ड विड्र’ सुविधाको सुरुवात गरेको छ ।

मंगलबारबाट सुरु भएको योजनाअन्तर्गत ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख रुपैयाँसम्म झिक्न सक्नेछन् । बैंकले यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । यो सेवालाई छिट्टै देशभरिका शाखामा पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रकाशित : श्रावण १५, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?