कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९४ हजार

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९४ हजार

अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको पनि भाउ तोलामै ९५ रुपैयाँ बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार नेपाली प्रतितोला १ हजार ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित : श्रावण ७, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?