कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व बैंकसँग ५४ अर्ब बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर

काठमाडौँ — नेपाल सरकार र विश्व बैंकबीच कोरोना पछिकाे आर्थिक गतिविधिलाई बढाउन ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब) बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ । 

विश्व बैंकसँग ५४ अर्ब बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर

शुक्रबार भएको हस्ताक्षर कार्यक्रममा यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्ने र रणनैतिक सडक सञ्जाल व्यवस्थापनमा सहज हुने बताइयो । आयोजना नेपाल सरकार र विश्व बैंकबीच भएको आजसम्मकै ठूलो राशिको एकल आयोजना भएको बताइएको छ ।

अर्थमन्त्री युवराज खतिवडा उपस्थित कार्यक्रममा नेपाल सरकारकातर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिम्भस, नेपाल र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौता पत्रमा हस्तार गरेका छन् ।

कार्यक्रममा मन्त्री खतिवडाले आयोजनाले सीमापार बजार लगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणका साथै कोरोना पछिको आर्थिक पुनरुत्थानलाई सघाउने बताए ।

प्रकाशित : श्रावण २, २०७७ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?