कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस 

काठमाडौँ — महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी समक्ष पेस गरिएको छ । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेकी हुन् । 

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस 

राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा बुधबार प्रतिवेदन पेस गरिएको हो ।

महालेखा परीक्षकको प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखा परीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्त्व राख्ने बताइन् ।

आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न मद्दत पुग्ने राष्ट्रपतिको धारणा थियो ।

प्रकाशित : असार ३१, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?