कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुग्यो

काठमाडौँ — बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेको हो । बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको पनि भाउ तोलामै २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार पनि तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ ९ सय ५५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित : असार २५, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?