कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१०.१३ अंकले घट्यो नेप्से 

काठमाडौँ — अघिल्लो दिन झण्डै ३८ अंकले बढेको बजार बुधबार १०.१३ अंकले घटेर १ हजार ३ सय २६.५३ विन्दुमा बन्द भएको छ । उक्क दिन कारोबारमा आएका विभिन्न उपसमूहका कम्पनीहरुमध्ये व्यापार र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावटको दबाब परेको हो ।

१०.१३ अंकले घट्यो नेप्से 

लडकाउनपछि खुलेको बजार बुधबारसहित दुई दिन घटेको छ । बाँकी सबै दिन उच्च अंकले बढेको थियो । करिब तीन महिनापछि यही असार १५ देखि सेयर बजार खुलेको हो । करिब साढे १९ हजार कारोबारबाट १ सय ७९ कम्पनीका २९ लाख ७७ हजार ७ सय ६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.९३ प्रतिशत र व्यापारमा आएका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक ०.८४ प्रतिशतले ऋणात्मक रहे ।

प्रकाशित : असार २४, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?