कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकले सेयर ब्रोकरको लाइसेन्स पाउने

काठमाडौँ — वाणिज्य बैंकको सहायक कम्पनीले पनि दोस्रो बजारमा सेयर कारोबारका लागि ब्रोकर लाइसेन्स पाउने बाटो खुलेको छ । संघीय संसदको अर्थ समितिले पुँजी बजारको बारेमा अध्ययन गर्न बनाएको उपसमितिले बैंकको सहायक कम्पनीलाई ब्रेकर लाइसेन्स दिन हुनेलगायत सुझाव दिएपछि उक्त बाटो खुलेको हो । अध्ययन समितिको सुझावको आधारमा अन्तिम निर्णय गरिने अर्थ समिति स्रोतले बताएको छ । 

बैंकले सेयर ब्रोकरको लाइसेन्स पाउने

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा नियामक निकाय राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्सेलगायत सबै पक्ष सहमत छन् । सोही अनुसार कानुनी व्यवस्था पनि बनेको छ । यसका लागि नेप्सेले आवेदन आह्वान पनि गरेको थियो । यहीबीचमा संसदको अर्थ समिति अध्ययन गर्न उपसमिति गठन गरेपछि लाइसेन्स वितरण प्रक्रिया रोकिएको थियो ।

मंगलबार सोही उपसमितिले अर्थ समितिमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा विभिन्न सर्तसहित बंैकलाई पनि सेयर कारोबारको लाइसेन्स दिन सकिने सुझाव दिइएको छ । अन्य राष्ट्रमा पनि बैंकले सेयर कारोबार गर्दै आएको, उनीहरुको संस्थागत सुशासन, कार्यप्रणाली राम्रो रहेको लगायत कारण लाइसेन्स दिँदा ठिक हुनु प्रतिवेदनले सुझाएको छ ।

हाल १२ वटा वाणिज्य बैंकको सहायक कम्पनीले ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिएका छन् ।


प्रकाशित : असार २३, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?