कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएलाई आईएलओको ५ करोड १० लाख

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

आईएलओ र संघबीच मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको संघले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कोरोना भाइरसबाट प्रभावित मलेसिया, यूएई, कतार र साउदी अरबका नेपालीको सहयोगका लागि आईएलओले उक्त सहयोग गरेको संघका अध्यक्ष कुमार पन्तले जनाए ।

प्रकाशित : असार २२, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?