कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा ५० रुपैयाँको नयाँ नोट

काठमाडौँ — राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट चल्तीमा ल्याउने भएको छ । विभिन्न विशेषतासहितको यो नोट सोमबारदेखि चल्तीमा आउने राष्ट्र बैंकले जनाएको छ । साविककै आकार, प्रकार तथा रङमा संकेत नम्बर ज/८९, ०००००१ देखि ट/३३, ९९९९९९ सम्मका नोट बजारमा ल्याउन लागिएको हो ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । यसमा पूर्वगभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर छ । नोटको तल्लो भागको बोर्डरमा सिरियल नम्बर र नेपालीमा विसं २०७५ लेखिएको छ ।

नोटको पृष्ठभागको बीचमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । साथै हिउँचितुवाको चित्र छ । नोटको तल्लो भागको बोर्डरमा रुपैयाँ ५० लेखिएको छ । तल्लो भागको बोर्डरमा सिरियल नम्बर र अंग्रेजीमा २०१९ एडी लेखिएको छ ।

प्रकाशित : असार २१, २०७७ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?