कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

मुगुमा ७५ प्रतिशत रोपाइँ

राजबहादुर शाही

मुगु — हिमाली जिल्ला मुगुमा ७५ प्रतिशत रोपाइँ सकिएको छ । अनुकूल वर्षा हुँदा यस वर्ष किसानले समयमै धान रोप्न पाएका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार सिँचाइ सुविधा भएका सबै क्षेत्रमा असार दोस्रो साता नै रोपाइँ सकिएको थियो । 

मुगुमा ७५ प्रतिशत रोपाइँ

निमित्त कृषि विकास अधिकृत पञ्चलाल वुढाले खत्याड गाउँपालिकाको रातापानी, आम, सेरी, रिघा बगर, श्रीकोट, गम्थाबगरलगायत क्षेत्रमा रोपाइँ सकिएको बताए । उनका अनुसार गम्था, सुकाढिक र हयाङलु क्षेत्रमा भने साउनमा मात्र रोपाइँ हुनेछ ।

सोरु गाउँपालिकाको फोतु, लिब्रु, नेरलगायत फाँटमा रोपाइँ सकिएको सोरु गाउँपालिका–४ का जनक शाहीले बताए । उनका अनुसार जिमा, पुरुमुरु औल, सिप र कालैका किसान रोपाइँमा व्यस्त छन् । ‘कोरोना महामारीको त्रासले यस वर्ष रोपाइँ छिटो भयो,’ उनले भने, ‘केही गाउँमा संयुक्त रोपाइँको चटारो छ ।’

छायानाथरारा नगरपालिकाको कार्कीबाडा, चैन, निगाले, तलितुम र छत्याडबाडाका किसानले पनि रोपाइँ सकेको निमित्त कृषि विकास अधिकृत वुढाले बताए । उनका अनुसार मुगुमा छुम्रुक, नाकिने, बास्मति, ठूलीधान, मार्सीधान, जुगेलगायत प्रजातिका धानको खेती भइरहेको छ ।


प्रकाशित : असार २१, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?