एनएमबी–आईएफसी सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग पुन: कर्जाका लागि सम्झौता गरेको छ ।

बैंकले आईएफसीबाट २५ मिलियन अमेरिकी डलर पुन: कर्जाका लागि सम्झौता गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार १८, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

खल्तीको ‘दुई गुणा’ अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — खल्ती डिजिटल वालेटले मोबाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकका लागि ‘खल्तीको दुई गुणा अफर’ ल्याएको छ ।

यो योजना असार १७ देखि ११ दिनसम्मका लागि चल्नेछ । योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउँछन् । १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।


प्रकाशित : असार १८, २०७७ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×